Charity

Gautams of Amarpur-Gulmi: A Genealogy of the Kapilmani Clan

Until a Nepali version of this booklet was published in 2010 (updated in 2017), the history and genealogy of the extended Gautam family of Amarpur, Gulmi was not properly documented. Although the Gautam Samāj of Nepal has made great efforts to research and record the origins, movements, struggles and achievements of the Gautam clan from ancient times up to the 20th century, little was recorded about the branch of the larger Gautam dynasty that settled down in the western part of Gulmi district in the 18th and 19th century AD.



हिमा गौतम स्मृति कोष

गुल्मी जिल्लाको अमरपुर र छिमेकी गाउंबस्तिका गरिब तथा असहाय महिला, बालबालिका र अन्य सीमान्तकृत जनसमुदायको बिकास र कल्याणमा सहयोग पुर्याउन वि.सं. २०५३ मा स्थापना भएको “हिमा गौतम स्मृति कोष”ले १५ बर्ष पार गरिसकेको छ। यस अबधिमा नेपालमा धेरै नै सामाजिक, आर्थिक र राजनैतिक उथलपुथल भएतापनि अमरपुरबासी निम्नबर्गीय बालबालिका र महिलाको आधारभुत शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो सानो गैरसरकारी संस्थाको योगदान उल्लेख्य भएको मानिन्छ। १५ बर्षको दौरानमा हिमा गौतम स्मृति कोषले गरेका प्रत्यक्ष योगदान बाहेक यसकै प्रेरणाले अमरपुरका अन्य छिमेकी गाउंहरुलाइ समेत समेट्नेगरी सन्चालित केही शैक्षिक र सामाजिक कार्यक्रमहरुको पनि यस स्मारिकामा संक्षिप्त उल्लेख गरिएको छ। स्मारिका हेर्नुहोस् »


गुल्मी अमरपुर र सत्तिम्लाका गौतम वंशको चिनारी

वि. सं. २०६९ सालसम्म गुल्मी अमरपुर निबासी गौतमहरूको वंशावली र इतिहास एक पुस्ताका अग्रजबाट अर्को पिढीका सन्ततिलाई मौखिक रूपमा बताईदै आइएको थियो। तर लिखित रूपमा लिपिवद्ध नगरिएको हुनाले कालान्तरमा उक्त इतिहास बिर्सिदै, अपभ्रंस हुंदै, रथ्य र किम्बदन्तिमा फाटोपर्दै जाने खतरा महसुस गरेर, संयुक्त राष्ट्रसंघको लामो सेवाबाट सेवानिबृत भै स्वदेश फर्केका श्री कुल चन्द्र गौतमको पहल र अगुवाइमा यो “गुल्मी अमरपुर-सत्तिम्लाका गौतम वंशको चिनारी” भन्ने पुस्तिका तयार गर्ने निर्णय भयो । यसको प्रारम्भिक मस्यौदा लेखन र अनुसन्धान श्री मित्र प्रसाद गौतमबाट भयो भने सम्पादन र परिमार्जनमा अरू धेरै गौतम बन्धुहरूको सहभागिता रहेको छ। वंशावली हेर्नुहोस् »